नियम २८
निरीक्षण गर्दा विचार गर्नु पर्ने कुराहरु
: (१) ऐनको दफा ४४ बमोजिम बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको निरीक्षण गर्ने व्यक्तिले देहायका कुराहरुको समेत जाँचबुझ गर्नु पर्नेछ :
(क) बालकहरुलाई नियमित रुपले शिक्षा तथा तालिम प्रदान गरिएको छ छैन ।
(ख) बालकहरुलाई यस नियमावली बमोजिमको सुविधा प्रदान गरिएको छ छैन ।
(ग) बालकहरुलाई खेलकूद मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम लगायत अन्य क्रियाकलापमा संलग्न गराइएको छ छैन ।
(घ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा कुनै अवान्छित वा अनुशासनहीन कार्य भए गरेको छ छैन ।
(ङ) व्यवस्थापन पक्ष तथा बालकहरुले ऐन, प्रचलित कानून वा यस नियमावली बमोजिम पालन गर्नु पर्ने कुराहरु पालन गरेको छ छैन ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्ने व्यक्तिले निरीक्षण गर्दा आफुले देखेका कुराहरु समस्या र त्यसको समाधानको कुनै सुझाव भएमा सो समेत उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गरी केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति र सम्बन्धित व्यवस्थापन
समितिमा पठाउनु पर्नेछ ।